सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा निर्वाचित भएका छन्। बोहरा चार हजार दुई सय २९ मतसहित विजयी भएका हुन्। सिन्धुपाल्चोक कांग्रेसका सचिवसमेत रहेका बोहराका प्रतिद्वन्द्वी एमालेका मेघनाथ पौडेलले तीन हजार दुई सय ६७ मत ल्याए।

गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेस नै विजयी भएको छ। कांग्रेसकी गीता नेपाल चार हजार एक सय सय ५६ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी एमालेकी सविता श्रेष्ठले तीन हजार आठ सय ८९ मत ल्याएकी छिन्।
 

सम्पादकको रोजाइ

सुझावित समाचार