Skip This
नुवाकोटका चार पालिकामा कांग्रेस र एकमा एमाले विजयी, बाँकीमा कांग्रेस–माओवादीको अग्रता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १२:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

नुवाकोटका चार पालिकामा कांग्रेस र एकमा एमाले विजयी, बाँकीमा कांग्रेस–माओवादीको अग्रता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:o२:oo

नुवाकोटको १२ वटा स्थानीय तहमध्ये पाँच पालिकाको मतपरिणाम आएको छ। चार स्थानीय तहका प्रमुखमा नेपाली कांग्रेस र एउटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। किस्पाङ, म्यागङ, सूर्यगढी, तादी र तारकेश्वर गाउँपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ।

किस्पाङको अध्यक्षमा नेकपा एमालेका वीरबल तामाङ विजयी भएका छन्। तामाङ तीन हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका छत्रबहादुर लामा तीन हजार चार सय ५२ मत ल्याएर पराजित भएसँगै पालिका अध्यक्षमा दोहोरिने उनको योजना असफल भएको छ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका अर्जुन न्यौपाने तीन हजार सात सय १२ मत ल्याएर निर्वाचित भएका छन्। उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी दिलकुमारी मोक्तानले तीन हजार एक सय ७७ मत ल्याइन्। किस्पाङमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो। किस्पाङको वडा अध्यक्षहरूमा वडा नं. १ मा कांग्रेसका पशुपति घले, २ मा माओवादी केन्द्रका बद्रीप्रसाद देवकोटा, ३ मा माओवादी केन्द्रका सुरेन्द्र तामाङ, ४ मा कांग्रेसका विनोद तामाङ र ५ मा कांग्रेसकै प्रकाश तामाङ निर्वाचित भएका निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए।

यस्तै, म्यागङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका आशा तामाङ तीन हजार दुई सय नाै मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुकबहादुर तामाङले दुई हजार पाँच सय ९२ मत ल्याएका छन्। आशा तामाङ अध्यक्षमा पुनः दोहोरिएका हुन्।

उपाध्यक्षमा नेपाली कांग्रेसकै सीता तामाङ तीन हजार सात सय ३१ मत ल्याएर निर्वाचित भएकी छिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी गंगामाया तामाङले दुई हजार ४२ मत ल्याएकी छिन्। वडा अध्यक्षहरूमा १ मा कांग्रेसका जिमाबहादुर तामाङ, २ मा एमालेका सन्दवीर तामाङ, ३ मा कांग्रेसका हरिबहादुर तामाङ, ४ मा स्वतन्त्र उम्मेदवार कमलबहादुर तामाङ, ५ मा कांग्रेसका जितबहादुर तामाङ निर्वाचित भएका छन्। 

यता, सूर्यगढी गाउँपालिकामा कांग्रेसका सन्तबहादुर तामाङ तीन हजार सात सय ५९ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजेन्द्र रिजालले दुई हजार आठ सय ८९ मत ल्याए। उपाध्यक्षमा कांग्रेसका मञ्जु बुढाथोकीले तीन हजार दुई सय तीन मत ल्याएर निर्वाचित भइन्। उनकी निटकतम् प्रतिद्वन्द्वी एमालेकी गंगा आचार्यले दुई हजार नाै सय ३२ मत ल्याइन्। तामाङ र बुढाथोकी दुवै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। सूर्यगढीको वडाध्यक्षहरुमा १ मा माओवादी केन्द्रका राजकुमार तामाङ, २ मा कांग्रेसका दीपक अधिकारी, ३ मा एमालेका पिंगलबहादुर थापामगर, ४ मा कांग्रेसका रामशरण राई र ५ मा कांग्रेसका अच्युतराज ढकाल निर्वाचित भएका छन्।

यस्तै, तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन्। तामाङले जिल्ला समन्वय समितिको प्रमुखबाट राजीनामा दिएर पालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए। अध्यक्षमा तामाङ तीन हजार दुई सय ४१ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका किरणकुमार रिजालले दुई हजार पाँच सय १८ मत ल्याउँदा एकीकृत समाजवादीका कृष्णप्रसाद लामिछानेले एक हजार नाै सय ४० मत ल्याएका छन्।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सञ्जु प्याकुरेल विजयी भएका छिन्। उनले तीन हजार तीन सय ९७ मत ल्याएकी छिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी ईश्वरी उप्रेतीले दुई हजार सात सय ७८ मत ल्याएकी छिन्। वडा अध्यक्षहरूमा १ मा कांग्रेसका नकुरदोङ तामाङ, २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, ३ मा कांग्रेसका सोनाम थिङ तामाङ, ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, ५ मा एमालेका सरोज भण्डारी र ६ मा माओवादी केन्द्रका शेरमान तामाङ निर्वाचित भएका छन्। तादी गाउँपालिकामा सत्तासीन दलहरूबीच गठबन्धन भएको थिएन। २०७४ को निर्वाचनमा तादी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको थियो।

यस्तै, तारकेश्वर गाउँपालिकाको मतपरिणामअनुसार अध्यक्षमा कांग्रेसका शिव अधिकारी पाँच हजार ६ सय ६५ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रमेशबहादुर वस्तीले तीन हजार तीन सय ४१ मत ल्याएका छन्। वस्ती ०७४ सालमा एमालेबाट अध्यक्षमा विजयी भएका थिए।

उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल चार हजार ६ सय ५८ मत ल्याएर निर्वाचित भएका छन्। उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी कोपिला भट्टले तीन हजार तीन सय ९२ मत ल्याएकी छिन्। यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो। वडाध्यक्षहरूमा १ मा कांग्रेसका चक्रबहादुर तामाङ, २ मा एमालेका शिव पनेरू, ३ मा कांग्रेसका सूर्यमान श्रेष्ठ, ४ मा एमालेका हरिबहादुर पौडेल, ५ मा कांग्रेसका अशोक तामाङ र ६ मा एमालेका नारायणप्रसाद रिमाल निर्वाचित भएका सहायक निर्वाचन अधिकृत राजु अधिकारीले जानकारी दिए। जिल्लाका अन्य स्थानीय तहमा मतगणना जारी छ।

ad
ad