१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

लमजुङको बेँसीसहर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५६:oo

गठबन्धनलाई पराजित गर्दै लमजुङको बेँसीसहर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखमा गुमानसिंह अर्याल  र उपप्रमुखमा पद्मा गुरुङ विजयी भएका छन् । अर्यालले  नौ हजार  चार सय ७९ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका उम्मेदवार  श्रीकान्त घिमिरेले सात हजार चार  सय ७१ मत प्राप्त गरे ।

यसैगरी, नगरपालिकाको उपप्रमुखमा एमालेका पदमा गुरुङ विजयी भइन् । उनले आठ हजार सात सय १४ मत प्राप्त गरिन् । गठबन्धनबाट माओवादी केन्द्रका उपमेयरका उम्मेदवार  हरिजङ तामाङ चार हजार ६ सय ९९ मत प्राप्त गरी उपाध्यक्षमा पराजित भए । नगरपालिकाको उपमेयरका स्वतन्त्र उम्मेदवार जीवनकुमार श्रेष्ठले एक हजार ६ सय १५ मत ल्याएका छ्न । बेँसीसहर नगरपालिकामा निर्वाचित मेयर अर्याल ०७४ को स्थानीय तहमा पनि निर्वाचित भएका थिए । यसअघिको स्थानीय तहमा पनि बेँसीसहरमा एमालेले नै मेयर र उपमेयर जितेको थियो।

बेँसीसहर नगरपालिकाको ११ वडामध्ये वडा नं १, २, ५, ७ , ८, १०, ११ मा एमाले विजयी भएको छ भने वडा नं. ९ र ४ मा कांग्रेसले जितेको छ। यस्तै, वडा नम्बर ३ मा माओवादी केन्द्र र वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

ad
ad