निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १९ आइतबार
  • Sunday, 03 July, 2022
२०७९ जेठ ३ मंगलबार ११:०९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हुम्लाको सिमकोट गाउँपालिकामा माओवादीका भण्डारी विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार ११:०९:००

हुम्लाको सिमकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका विजय भण्डारी दुई हजार आठ सय ८२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाहीले एक हजार नौ सय ६९ मत पाएका छन् । भण्डारी र शाही जनयुद्धका सहयात्रीसमेत हुन् । 

शाही स्थानीय तह निर्वाचनअघि मात्रै एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए । यस्तै, गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी सुशीला रोकाया विजयी भएकी छिन् । उनले दुई सय चार सय ७४ मत ल्याइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी प्रतिमा लामाले एक हजार चार सय ५७ मत ल्याएकी छिन् ।