१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

नवलपुरको हुप्सेकोट गाउँपालिकामा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५३:oo

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । ६ वटा वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको हो । लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छिन् । त्यहाँ कांग्रेसकै पूर्णसिंह राना उपाध्यक्ष चुनिएका छन् ।

पाण्डेले आफ्ना प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई सात सय १४ मतान्तरले पराजित गरेकी हुन् । पाण्डेले ६ हजार ४ सय ५५ र रानाले पाँच हजार सात सय ४१ मत पाएका थिए ।

उपाध्यक्षमा कांग्रेसका पूर्णसिङ रानाले ६ हजार ७ सय पाँच र एमालेकी मनी पाण्डेले पाँच हजार सात सय ३८ ल्याएका थिए । फलामखानी रहेको यो गाउँपालिका विकट पहाडी क्षेत्रमा पर्छ र मगर समुदायको बाहुल्य छ ।

नवलपुरको तीन पालिकाको परिणाममा  बौदीकाली र बुलिङटार पालिका अध्यक्ष एमालेले जितेको छ भने हुप्सेकोट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र बुलिङटार गाउँपालिका उपाध्यक्ष कांग्रेसले जितेको छ । त्यसैगरी बौदीकाली गाउँपालिका उपाध्यक्ष एमालेले जितेको छ । लक्ष्मी पाण्डे नवलपुरको पालिका प्रमुखमा ठूला दलहरूबाट प्रतिनिधित्व गर्दै पालिका अध्यक्षमा उम्मेदवारी दिएकी एक मात्र महिला प्रतिनिधि हुन् ।

ad
ad