मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ ३ मंगलबार १०:१६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पाल्पाकाे रामपुर नगरपालिकामा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार १०:१६:००

पाल्पाकाे रामपुर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार रमणबहादुर थापा र उपमेयर पदमा बालकुमारी थापा विजयी भएका छन् ।  थापा दुई सय ७३ मतान्तरसहित १० हजार चार सय ५६ प्राप्त गरी विजयी भएका हुन् । थापाका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शिव अर्यालले १० हजार ८३ मत मत प्राप्त गरे ।

उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार बालकुमारीले १० हजार तीन सय सात मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार दुर्गादेवी रानाले १० हजार दुई सय ५० मत प्राप्त गरिन् । मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले एक सय ६८, स्वतन्त्र उम्मेदवार प्रेमप्रकाश श्रेष्ठ (पुतली चिह्न) ले २७, मंगोल अर्गनाइजेसन नेपालका माया सुनारले २७ र जनता समाजवादी पार्टीका नीराजन रेग्मीले २९ मत प्राप्त गरे । उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी गायत्री न्यौपानेले एक सय ५७, मंगोल अर्गनाइजेसन नेपालका भीमबहादुर आलेले २६ मत प्राप्त गरे । 

१० वडा रहेको रामपुरका सातवटा वडामा नेपाली कांग्रेस र तीनवटामा नेकपा एमाले विजयी भएको छ । वडा नं. १, २, ४, ५, ६, ७ र ९ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै, वडा नं. ३, ८ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् । कुल २९ हजार ६७ मतदाता रहेको रामपुरमा ७३ दशमलव ५७ अर्थात् २१ हजार तीन सय ८५ मत खसेको थियो । ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि यस नगरपालिकामा नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका थिए ।