
कञ्चनपुरको बेलौरी नगरपालिका– ५ मा माओवादी केन्द्र विजयी भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रका उम्मेदवार लालबहादुर चौधरीले एमाले–कांग्रेसका उम्मेदवारलाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् ।
एमालेका साइतुकुमार चौधरीभन्दा दोब्बर ८१५ र कांग्रेस उम्मेदवार जितबहादुर चौधरीभन्दा ४६१ बढी मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।