१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धन विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४५:oo

उदयपुरको ताप्ली गाउँपालिकामा अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका ढुंगराज विश्वकर्मा र उपाध्यक्षमा नेपाली कांग्रेसकी धनमाया मगर निर्वाचित भएकी छिन् । अध्यक्षमा निर्वाचित विश्वकर्माले प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका उम्मेदवार बाबुराम राईलाई ३८ मतले पराजित गरेका हुन् ।

विश्वकर्माले जम्मा एक हजार सात सय ८७ मत पाएको ताप्लीका निर्वाचन अधिकृत ऋषिकुमार दाहालले बताए । ०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमै पराजित विश्वकर्माले यसपटक जित हात पारेका हुन् ।

उनका अनुसार उपाध्यक्षमा निर्वाचित मगरले दुई हजार पाँच सय ८६ मत पाएर निर्वाचित भएकी छिन् । मगरकी प्रतिद्वन्द्वी एमालेकी मानकुमारी थापाले एक हजार तीन सय ६ मत पाएकी छिन् । मगरले थापालाई एक हजार दुई सय आठ मतको फरकले पराजित गरेकी छिन् । 

ताप्ली गाउँपालिकामा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको थियो । यसैगरी ताप्लीका जम्मा पाँचवटा वडा छ । जसमा वडा नम्वर १ को वडा अध्यक्षमा एमालेका उद्धव हमाल, वडा नम्बर २ को वडा अध्यक्षमा एमालेकै छत्रबहादुर श्रेष्ठ, वडा नम्बर ३ को वडा अध्यक्षमा कांग्रेसका रंगमान तामाङ, वडा नम्बर ४ मै कांग्रेसका उमेशकुमार मगर, वडा नम्बर ५ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठ निर्वाचित भएको निर्वाचन कार्यालय ताप्लीले जनाएको छ । 
 

ad
ad