१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २५ मंगलबार o६:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सिन्धुपाल्चोकमा चार स्थानीय तहको परिणाम घोषणा :कांग्रेस तीन, माओवादी केन्द्र एकमा विजयी

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:२९:oo

सिन्धुपाल्चोकमा रहेका १२ स्थानीय तहमध्ये चारको अन्तिम मत परिणाम घोषणा भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार तीनमा नेपाली कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ । भोटेकोसी, बाह्रबिसे र हेलम्बुमा कांग्रेसले जितेको हो । माओवादीले बलेफी गाउँपालिकामा जित निकालेको छ । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका हेल्मो समुदायका नेता निमाग्याल्जेन शेर्पाले हेलम्बु गाउँपालिका अध्यक्षमा दोस्रो पटक जित हाँसिल गरेका छन् । उपप्रमुखमा कांग्रेसकी अप्सरा लामिछाने विजयी भइन् । 

शेर्पाले पाँच हजार तीन सय ९६ मत ल्याए । उनका प्रतिद्वन्दी एमालेका दावा लामाले चार हजार ६ सय तीन मत ल्याए । उपप्रमुखमा लामिछानेले पाँच हजार दुई सय १४ मत प्राप्त गरिन् । प्रतिस्पर्धी एमालेकी गंगा अर्यालले चार हजार ६ सय ७१ ल्याइन् ।कांग्रेस महाधिवेशन प्रतिनिधि पासाङ नोर्बु लामाले भोटेकोसी गाउँपालिका अध्यक्षमा विजय हासिल गरेका छन् । उपप्रमुखमा कांग्रेसकै देछेन शेर्पा विजयी भइन् । निवर्तमान अध्यक्ष माओवादी केन्द्रका राजकुमार पौडेललाई तेस्रो बनाउँदै लामाले जित निकाले 

लामाले दुई हजार ६ सय पाँच मत ल्याए । उनका प्रतिद्वन्दी एमालेका अमृत खड्काले दुई हजार ४८ मत ल्याए । उपप्रमुखमा शेर्पाले दुई हजार सात सय १२ मत प्राप्त गरिन् । प्रतिस्पर्धी एमालेकी सुन्तली लामा श्रेष्ठलेले दुई हजार पाँच सय ५३ ल्याइन् । श्रेष्ठ ०७४ मा पराजित भएकी थिइन् । यता बलेफी गाउँपालिकामा माओवादी केन्द्रका गंगाबहादुर तामाङ प्रवेशले चार हजार ६ सय ६६ मत ल्याएर अध्यक्षमा विजय प्राप्त गरे । कांग्रेसका सुवास तिमल्सिनालाई पराजित गर्दै प्रवेशले जित निकालेका हुन् । प्रतिद्वन्दी तिमल्सिनाले चार हजार एक सय पाँच मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी सरु तामाङले विजय प्राप्त गरिन् । 

बाह्रबिसे नगरपालिकामा कांग्रेसका बालकृष्ण बस्नेत मेयरमा निर्वाचित भएका छन् । बस्नेतले एमालेका निवर्तमान मेयर निम्फुञ्जो शेर्पालाई पराजित गरेर जित निकाले । बस्नेतले सात हजार सात सय २८ र शेर्पाले पाँच हजार चार सय ३३ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकी मञ्जु तामाङ विजयी भइन् । उनले एमालेकी निवर्तमान उपमेयर सुशीला पाख्रिनलाई पराजित गरेर जित निकालिन् । तामाङले ६ हजार नौ सय ७७ मत र पाख्रिनले पाँच हजार नौ सय ९० मत ल्याइन् । 

६८ वडाको मत परिणाम घोषणा
तीन दिनदेखि जारी स्थानीय तहको मत गणनामा सिन्धुपाल्चोकको अधिकांश वडा कांग्रेसले जितेको छ । हालसम्म घोषित ६६ मध्ये ३६ मा कांग्रेसले जित निकालेको हो । एमालेले २२, माओवादीले ८, समाजवादीले एक र स्वतन्त्रले एक वडा जितेको छ । कांग्रेसले बाह्रबिसेमा सात, हेलम्बुमा पाँच, जुगलमा एक, इन्द्रावतीमा तीन, त्रिपुरामा तीन, चौतारा साँगाचोकगढीमा तीन, बलेफीमा ६, लिसंखुपाखरमा एक, सुनकोसीमा तीन, भोटेकोसीमा तीन र पाँचपोखरी थांपालमा एक गरी ३६ वडा जितेको हो । 

एमालेले बाह्रबिसेमा दुई, हेलम्बुमा दुई, जुगलमा तीन, इन्द्रावतीमा पाँच, त्रिपुरामा एक र चौतारा साँगाचोकगढीमा तीन, भोटेकोसीमा एक, पाँचपोखरी थांपालमा दुई र मेलम्चीमा तीन गरी २२ वडा जितेको छ । माओवादीले चौतारामा चार, बलेफी एक, लिसंखुपाखरमा दुई  र इन्द्रावतीमा एक गरी ६ वडा जितेको छ । चौतारा साँगाचोकगढी एकमा समाजवादीले जितेको छ । माओवादीका युवलाल श्रेष्ठले कलम चिह्नबाट चुनाव जितेका हुन् । भोटेकोसी वडा नं. ३ मा लालटिन चिह्न लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार निमा सोना शेर्पाले जित हासिल गरेका छन् । १२ स्थानीय तहमा एक सय तीन वडा छन् । अधिकांशमा कांग्रेसले लिड गरिरहेको छ । 

ad
ad