निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
२०७९ जेठ २ सोमबार २२:५६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कमलमा मतगणना प्रभावित

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार २२:५६:००

कमल गाउँपालिकामा मतगणना प्रभावित भएको छ । करिब १ घण्टाअघिदेखि गणना प्रभावित भएको हो । प्राप्त मतपरिणाम जोड्ने क्रममा गल्ती भएको भन्दै दलहरूले आपत्ति जनाएपछि रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए । अहिले मत जाँचको काम भइरहेको छ । गणनामा रहेका कम्प्युटर अपरेटरले मत जोड्ने क्रममा नेकपा एमालेको मत बढी हालेको कांग्रेसले आरोप लगाएको छ । यहाँ गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका हुकुमसिंह राईले सुरुवातदेखि नै अग्रता लिँदै आएका छन् ।