मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Thursday, 13 August, 2026
२o७९ जेठ २ सोमबार १३:४२:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

फराकिलो मतान्तरसहित भक्तपुरमा नेमकिपाका सुनील प्रजापति विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १३:४२:oo

भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुनील प्रजापति विजयी भएका छन्। अन्य उम्मेदवारको तुलनामा उनी झन्डै ९ गुणा बढी मत ल्याएर विजयी भएका हुन्।

प्रजापतिले २९ हजार दुई सय मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मत प्राप्त गरेका छन्। 

नगरपालिकाको उपमेयरमा पनि फराकिलो मतान्तरसहित नेमकिपाकी रजनी जोशी विजयी भएकी छन्। जोशीले २९ हजार ६ सय ९५ मत पाएकी छिन्। नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार रञ्जना खर्बुजाले दुई हजार सात सय ८४ मत ल्याएकी छिन्।