मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २ सोमबार १२:०२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कांग्रेसले टिकट नदिएपछि माओवादी प्रवेश गरेका कार्की चन्दननाथ ५ मा विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार १२:०२:००

जुम्लाको सदरमुकाम खलंगा चन्दननाथ नगरपालिका  ५ वडाको वडाध्यक्षमा माओवादीका विर्ख कार्की विजयी भएका छन् । जुन वडामा दशकौँदेखि कांग्रेस विजयी हुँदै आएको थियो । कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, प्रदेश जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठको वडामा माओवादीले नेतृत्व हात पारेको छ ।

वडाध्यक्षमा नेकपा माओवादीका बिर्ख कार्कीले एक सय ६८ मत प्राप्त गरेर विजयी भएका हुन् । उम्मेदवारका प्रत्याशी स्वतन्त्र उम्मेदवार हरिबहादुर भण्डारीले एक सय ४९ मत प्राप्त गरे । सदरमुकामको मुटुमा रहेको सो वडामा सबै दलको आँखा गड्छ, तर यसपटक माओवादीले कांग्रेसको किल्ला भत्काएको छ । 

२०७४ सालको निर्वाचनमा नेपाली काग्रेसले समर्थन गरेका सो वडाका वडाध्यक्ष अर्जुनसिंह कठायत (गोल्डेन) स्वतन्त्र उम्मेदवार भएर वडाध्यक्षमा विजयी भएका थिए । यसपटक भने माओवादीले हात पारेको छ । 

चन्दननाथ नगरपालिका १० वडामा विभाजित छ । यसपटकको स्थानीय तहको निर्वाचनमा १ वडामा कांग्रेसका तिलकप्रसाद न्यौपाने विजयी भएका छन् भने २ वडामा कांगे्रसकै हेम बुढ्थापा निर्वाचित भएका छन् । यस्तै, नगरपालिकाको ४ नम्बर वडाको वडाध्यक्षमा नवराज चौलागाईं विजयी भएका हुन् । उनी पनि कांग्रेसकै उम्मेदवार हुन् । 

यस्तै, नगरपालिकाको ३ नम्बर वडामा माओवादीका उम्मेदवार रतन खत्री वडाध्यक्षमा विजयी भएका छन् भने ५ नम्बर वडामा उम्मेदवार दर्ताकै दिन जेठ १२ गते कांग्रेसबाट माओवादीमा प्रवेश गरेका कार्की वडाध्यक्षमा निर्वाचिन भएका हुन् । नगरपालिकाको ६ वडामा मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए । ७, ८, ९ र १० वडाको मतगणना बाँकी रहेको उनले बताए ।