१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ २ सोमबार ०९:३७:००
Read Time : < 1 मिनेट
निर्वाचन

सिराहा नगरपालिका-२१ मा कांग्रेसका बागी उम्मेदवारको प्यानलै विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार ०९:३७:००

सिराहा नगरपालिका २१ लगठीगोठमा नेपाली कांग्रेसका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्र कुमार मण्डल ३३ मत अन्तरले विजयी भएका छन् ।

स्वतन्त्र रुपमा हाँस छाप लिएर चुनाव लडेका मण्डलले ४ सय ७० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका बालेश्वर यादवले चार सय ३७, जनता समाजवादी पार्टी नेपालका हिन्दकेश्वर लाल कर्ण चार सय १२, नेपाली कांग्रेसका ताराकान्त यादवले चार सय १२ र नेकपा एमालेकी परमेश्वरी देवि मण्डलले दुई सय ७१ मत प्राप्त गरेका छन् ।