मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २ सोमबार ०९:३६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

दमक-२ मा एमाले विजयी, प्रमुखमा गठबन्धन अगाडि 

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार ०९:३६:००

दमक नगरपालिका-२ मा एमाले विजयी भएको छ । एमालेका प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका हुन् । उनले एक हजार दुई सय २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रुद्र कार्कीले एक हजार तीन सय ९० मत पाए । यो वडामा महिला सदस्यबाहेक सबै एमालेले जितेको छ । यसअघि दमक-१ मा एमाले र दमक-१० मा कांग्रेसले जित निकालेको छ । 

यद्यपि, प्रमुख र उपप्रमुखमा भने गठबन्धन अगाडि छ । प्रमुखमा गठबन्धनको तर्फबाट राप्रपाका राम थापाले पाँच हजार ९१ मत ल्याएका छन् । एमालेकी गीताकुमारी अधिकारीले चार हजार चार सय ९५ मतका साथ थापालाई पछ्याइरहेकी छिन् । उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले चार हजार नौ सय ४३ मत पाएकी छिन् । एमालेकी अम्बिका खनालले चार हजार तीन सय ४४ मतका साथ पछ्याइरहेकी छिन् । 

दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले एमालेको यो प्रतिस्पर्धा प्रतिष्ठाको प्रतिस्पर्धा हो । प्रजातन्त्र पुनर्स्थापना भएपछि यसअघिका सबै स्थानीय निर्वाचनमा यहाँ एमालेले जित्दै आएको छ ।