
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा माओवादीले खाता खोलेको छ । शुक्लाफाँटा ३ नम्बर वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार एमाले कांग्रेसका उम्मेदवारभन्दा दोब्बर मतले निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालय शुक्लाफाँटाका अनुसार ३ मा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र चौधरी दोब्बर मतले निर्वाचित भएका छन ।
माओवादीका चौधरीले एमालेका उम्मेदवार कपिन्द्र बम र कांग्रेसका उम्मेदवार चन्द्रलाल चौधरीभन्दा झन्डै दोब्बर मत ल्याएर जितेका हुन् । चौधरीले चार सय ५५, बमले दुई सय ४८ र चौधरीले दुई सय ४८ मत ल्याएका थिए ।
चौधरी यसअघि ०७४ मा पनि माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । वडामा लोकप्रियता र जनमुखी काम गरेकाले उनीसहित प्यानलै निर्वाचित भएको माओवादी नेता जीवन धामीले बताए ।