मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
२०७९ जेठ २ सोमबार ०८:४२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सिराहा २१ मा कांग्रेसका बागी उम्मेदवार सुरेन्द्र मण्डल विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार ०८:४२:००

सिराहा नगरपालिका २१ लगठीगोठमा नेपाली कांग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी भएका छन् । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी भएका हुन् । स्वतन्त्र रूपमा हास चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गरेका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका बालेश्वर यादवले चार सय ३७, जनता समाजवादी पार्टी नेपालका हिन्दकेश्वर लाल कर्णले चार सय १२, नेपाली कांग्रेसका ताराकान्त यादवले चार सय १२ र नेकपा एमालेकी परमेश्वरीदेवी मण्डलले दुई सय ७१ मत प्राप्त गरेका छन् ।