
ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका गठवन्धनले जीत हात पारेको छ । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन लिम्बुले तीन सय ४८ बढि मत ल्याई विजयी भएका हुन् । उनले दुई हजार ६ सय ६० मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिद्धन्द्धी सारोज एभेङले दुई हजार तीन सय १२ मत प्राप्त गरेका छन् ।
उता, उपाध्यक्षमा पनि गठबन्धका उम्मेदवार नेपाली कांग्रेसका रविन साम्रा लिम्बुले १४६ मत बढि ल्याई विजयी भएकी छन् । उनले दुई हजार तीन सय ५८ मत प्राप्त गरि विजय हासिल गरेकी छन् । उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेका शान्तिमाया लिम्बु पौडेलले दुई हजार दुई सय १२ मत प्राप्त गरेकि छन् ।