१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ जेठ १ आइतबार २२:०२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सिराहा नगरपालिका ११ मा जसपाका विनोद कामती पुनः निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार २२:०२:००

सिराहा नगरपालिका वडा नम्बर ११ मा जनता समाजवादी पार्टी नेपालका विनोदकुमार कामती पुनः निर्वाचित भएका छन्। वडाध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका कामतीले ६ सय ५३ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका दिपुकुमार कामतीले ५ सय २१ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका सत्यनारायण कामतीले २ सय ३७ मत प्राप्त गरेका छन् । 

२०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा कामतीले दिपुलाई नै पराजित गरेका थिए । यो सँगै २२ वडा रहेको सिराहा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले २ वटा वडामा विजयी प्राप्त गरेको छ । वडा नम्बर १ मा महेशकुमार यादव निर्वाचित भएका छन् ।

यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसका राकेशकुमार यादव, वडा नम्बर १० मा नेकपा एमालेका दीपककुमार मुखिया, वडा नम्बर २२ मा नेकपा एकीकृत समाजवादीका जिवछनारायण यादव निर्वाचित भएका छन् ।