मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १ आइतबार २१:२४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

शिवसताक्षीमा मतगणना प्रभावित 

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार २१:२४:००

झापाको शिवसताक्षीमा नगरपालिका मतगणना प्रभावित भएको छ । मत परिणाम घोषणा गर्ने क्रममा गल्ती भएपछि दलहरूले विरोध जनाएपछि गणना प्रभावित भएको हो । 

'कुनै एउटा दलको मत परिणाममा २६२ भन्नुपर्नेमा भुलवस् २६५ भएछ । यद्यपि लेखेको चाहिँ २६२ नै थियो,' जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले भने, 'प्रभावित भएको आधा घण्टा भयो ।' उनका अनुसार गणना सुचारु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।