१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार २o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

पाल्पामा सुरक्षाकर्मी र गठबन्धनका कार्यकर्ताबीच झडप, ३ घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:२५:oo

पाल्पाको रम्भा गाउँपालिकामा फर्जी मतको विषयमा विवाद हुँदा आक्रोशित कार्यकर्ताले प्रहरीलाई आक्रमण गर्न खोजेपछि झडप भएको छ । गठबन्धनका कार्यकर्ताले प्रहरीको घेरा तोड्ने, भवनको सिसा फुटाउने र सुरक्षाकर्मीमाथि आक्रमण गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । कार्यकर्ताको आक्रमणबाट ३ जना सुरक्षाकर्मी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

हिजो बेलुकी फर्जी मत भेटिएपछि मतगणना गर्न बन्द गरिएको थियो । दलहरूले गाउँपालिकामा पुनः मतदान गराउन माग गरेका छन् । सत्तारूढ गठबन्धनमा आबद्ध माओवादी, कांग्रेस र एकीकृत समाजवादी तथा मंगोल नेसनलले छलफलमा बस्नसमेत नमानेको कारण समस्या भएको बताइएको छ ।

दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै हालसम्म सार्वजनिक नतिजाप्रति असहमति राखी पुनः मतदानको माग राखेका हुन् । वडा नम्बर ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएको थियो । मतपेटिका ढुवानी गर्दा आफ्ना प्रतिनिधिलाई सहभागी नगराइएको, एकपक्षीय प्रतिनिधिहरूलाई प्रवेश दिइएकोलगायतका कारण औँल्याउँदै उनीहरूले पुनः मतदानको माग गरेका हुन् ।


 

ad
ad