Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १ आइतबार १६:५४:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पोखरा महानगरमा एकीकृत समाजवादी अगाडि, कास्कीका अन्य तीन पालिकामा कांग्रेस र एकमा एमाले अगाडि

Read Time : > 1 मिनेट
२०७९ जेठ १ आइतबार १६:५४:००

कास्कीका पाँचवटा पालिकामा मध्य कांग्रेसले तीनवटा पालिकामा अग्रता कायम राखेको छ । अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसको अग्रता छ । रूपा गाउँपालिकामा एमालेको अग्रता छ । पोखरा महानगरपालिकामा गठबन्धन दलको समर्थन रहेको नेकपा एकीकृत समाजवादीको अग्रता कायमै छ । 

पोखरा महानगरमा गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले तीन हजार मतगणना हुँदा एक हजार एक सय २१ मतसहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवार कृष्ण थापाले एक हजार ४० मतसहित पछ्याइरहेका छन् । राप्रपाका शंकर खरालले एक सय ८४ मत ल्याएका छन् भने भने अटेरी समूहबाट स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ६५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि गठबन्धनकै अग्रता रहेको छ । गठबन्धनकी कोपिला रानाभाटले एक हजार २४६ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी एमालेकी मञ्जुदेवी गुरुङले एक हजार एक सय ६५ मत प्राप्त गर्दै पछ्याइरहेकी छिन् । उपमेयरमा राप्रपाकी रञ्जना सेनले एक सय ६५ मत प्राप्त गरेकी छिन् । अहिले वडा नं. १, २, १२, २३ र २४ को मतगणना भइरहेको छ भने २५ को मतगणना सुरु हुन लागिरहेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा कांग्रेसका युवराज कुँवरले अग्रता कायम गरेका छन् । वडा नम्बर ७ देखि ११ सम्मको मतगणनामा कांग्रेसका कुँवरले १९०४ मत ल्याएर अग्रता कायम गरेका हुन् । उनलाई एमालेका विष्णु केसीले १७७७ मतका साथ पछ्याइरहेका छन् ।

पालिकाको उपाध्यक्षमा पनि कांग्रेसको अग्रता छ । कांग्रेसका खिमकुमारी गुरुङले २०४३ मतसहित उपाध्यक्षमा अग्रता लिएकी हुन् । उनलाई एमालेका उपाध्यक्ष उम्मेदवार चन्द्रकला अधिकारी देवकोटाले १७८५ मतसहित पछ्याइरहेकी छिन् । 

माछापुच्छ्र्रे गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार मीनबहादुर गुरुङ चार हजार ६ सय २३ मतसहित अग्रता कायम राखेका छन् ।  उनलाई एमालेका विक्रम गुरुङले चार हजार चार मतसहित पछ्याइरहेका छन् । उपाध्यक्षमा सीता अधिकारीले चार हजार एक सय ९८ मत पाउँदा एमालेकी सीता तिवारीले तीन हजार ६७७ मतसहित पछ्याइरहेकी छिन्। नेकपा माओवादीका प्रविणा अधिकारीले ६ सय १५ मत प्राप्त गरेकी छिन् ।

कास्कीको मादी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका देवीजंग गुरुङले दुई हजार तीन सय चार मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिव गुरुङले एक हजार आठ सय मतसहित पछ्याइरहेका छन् । उपाध्यक्षमा भने एमालेका कल्पना गुरुङले एक हजार ६६६ मतका साथ अग्रता लिएकी छिन् । गठबन्धनबाट माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार लालबहादुर गुरुङले एक हजार तीन सय ६९ मतका साथ पछ्याइरहेका छन् । 

रूपा गाउँपालिकामा एमालेका नवराज ओझाले अग्रता लिइरहेका छन् । कांग्रेसको तर्फबाट अध्यक्ष उम्मेदवार गीमायाँ गुरुङले एक हजार आठ सय नाै सय मतसहित ओझालाई पछ्याइरहेकी छिन् । उपाध्यक्षमा पनि एमालेकै लालसुब्बा गुरुङले एक हजार नाै सय ५३ मतसहित अग्रता लिइरहेकी छिन् । उनलाई कांग्रेसका उपाध्यक्ष उम्मेदवार नारायण श्रेष्ठले एक हजार आठ सय ७० मतसहित पछ्याइरहेका छन् ।