मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १ आइतबार १६:३८:००
Read Time : > 2 मिनेट
निर्वाचन डिजिटल संस्करण

घोराहीमा गठबन्धनको अग्रता कायमै, दाङमा कांग्रेस ५, माओवादी ३ र एमाले १ पालिकामा अगाडि

Read Time : > 2 मिनेट
२०७९ जेठ १ आइतबार १६:३८:००

दाङका नाैवटा पालिकामा मतगणना जारी छ । आइतबार अपराह्नसम्मको परिणामअनुसार दाङका पाँच पालिकामा कांग्रेसले अग्रता लिएको छ । माओवादी केन्द्रले तीन र एमालले एक पालिकामा अग्रता लिएको छ । 

मतपरिणामअनुसार सत्तापक्ष गठबन्धन भएको घोराही उपमहानगर र बंगलाचुली गाउँपालिका र राप्ती गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । त्यस्तै, लमही नगरपालिकासहित बबई, दंगीशरण, गढवा र शान्तिनगर गाउँपालिकामा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ, भने एमालेले राजपुर गाउँपालिकामा अग्रता लिएको छ । 

सत्तापक्ष गठबन्धन भएको घोराही उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा पोखरेल निकटतम प्रतिद्वन्द्वी एमालेका नरुलाल चौधरीभन्दा २२७ मतले अघि छिन् । शर्माले ५३६४ मत प्राप्त गरेका छन्, भने चौधरीले ५१३७ मत प्राप्त गरेका छन् । 

उपमेयरमा पनि गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगी अगाडि छन् । घोराहीसँगै गठबन्धन भएको बंगलाचुली गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सुवास पुनले अग्रतालाई कायम राखेका छन् । उनी फराकिलो मतान्तरले अगाडि छन् । यसअघि पनि बंगलाचुलीमा माओवादी केन्द्रले नै जितेको थियो । बंगलाचुलीमा पुनले सुरुवातदेखि नै अग्रता कायम राखेका हुन् । 

राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवातदेखि नै अग्रता कायम गरेको छ । राप्तीमा माओवादी केन्द्र र जनमोर्चाबीच गठबन्धन भएको छ । पछिल्लो मतपरिणामअनुसार राप्तीमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्टले २१८५ मत प्राप्त गरेका छन् भने, उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जगत पोखरेलले १६४९ मत प्राप्त गरेका छन् । सो  गाउँपालिकामा यसअघि कांग्रेसले जितेको थियो । कांग्रेस अहिले तेस्रो स्थानमा छ । कांग्रेसकी जगदम्बाकुमारी चौधरीले ११८७ मत प्राप्त गरेकी छिन् । उनी यसअघि गाउँपालिकाको उपाध्यक्ष हुन् । 

उपाध्यक्षमा भने एमालेकी कमलापति चौधरीले अग्रता कायम गरेकी छिन् । उनले १७६२ मत प्राप्त गरेकी छिन् भने कांग्रेसका हरि भुसालले १५२६ र गठबन्धनबाट जनमोर्चाका केशव भुसालले १४२९ मत प्राप्त गरेका छन् । 

लमही नगरपालिकामा कांग्रेसका जोगराज चौधरीले अग्रता कायम राखेका छन् । उनले १६१० मत प्राप्त गरेका छन् भने, माओवादी केन्द्रका वसन्तराज शर्माले ११४३ मत प्राप्त गरेका छन् । लमहीमा यसअघि एमालेले बितेको थियो । अहिले एमाले तेस्रो नम्बरमा छ । 

पश्चिम दाङको बबई गाउँपालिकामा अग्रतालाई कायम राखेको छ । कांग्रेसका उम्मेदवार कुलबहादुर खत्रीले २४०० मत प्राप्त गरेका छन् भने, एमालेका भुवनेश्वर पौडेलले १५८२ मत प्राप्त गरेका छन् । पौडेल यसअघि पनि गाउँपालिका अध्यक्ष थिए । उपाध्यक्षम पनि कांग्रेसका बमकुमारी खड्काले २२२९ मत प्राप्त गरेकी छिन् भने एमालेका सावित्रा विकले १५८७ मत प्राप्त गरकी छिन् । उनी यसअघि पनि उपाध्यक्ष थिइन् । 

दंगीशरण गाउँपालिकामा पनि कांग्रेसको अग्रता छ । अध्यक्षका उम्मेदवार शम्भु  गिरीले २२०७ मत प्राप्त गरेका छन् भने, एमालेबाट अध्यक्षका उम्मेदवार मेघनाथ शाहले १९३३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै पिमाकुमारी खड्का अगाडि छिन् । उनले १९४४ मत प्राप्त गरेकी छिन् भने, एमालेका बुधनी चौधरीले १७३७ मत प्राप्त गरेकी छिन् । 

शान्तिनगर गाउँपालिकामा सुरुवातीमा अग्रता लिएको कांग्रेसले फेरि अग्रता लिएको छ । बीचमा माओवादी केन्द्र अगाडि आएको  थियो । कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले १३२१ मत प्राप्त गरेका छन् भने, माओवादी केन्द्रका उम्मेदवार  मोहन वलीले १२७६ मत प्राप्त गरेका छन् । यसअघि शान्तिनगरमा कांग्रेसले जितेको थियो । 

गढवा गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुवातीमा कांग्रेसबाट अध्यक्षका उम्मेदवार सर्वजित डिसीले अग्रता लिएका थिए भने, बीचमा पुनः माओवादी केन्द्रका उम्मेदवार यामनारायण शर्माले अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार पुनः डिसीले अग्रता कायम गरेका छन् । डिसीले ११२३ मत प्राप्त गरेका छन् भने, शर्माले १११६ मत प्राप्त गरेका छन् । 
सो गाउँपालिकामा यसअघि एमालेका सहजराम यादवले जितेका थिए । यादव अहिले तेस्रो नम्बरमा छन् । उनले ८९३ मत मात्रै प्राप्त गरेका छन् । 

गढवामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन छ । उपप्रमुखमा पनि कांग्रेसकै शारदाकुमारी चौधरी अगाडि छन् । उनले १०९८ मत प्राप्त गरेकी छिन् भने, एमालेका सीताकुमारी चौधरीले ९८७ तथा एकीकृत समाजवादीका शान्ति चौधरीले ७२२ मत मात्रै प्राप्त गरेकी छिन् । शान्ति यसअघि पनि गाउँपालिकाको उपाध्यक्ष थिइन् । 

त्यस्तै, राजपुर गाउँपालिकामा सुरुवातीमा माओवादी केन्द्र अघि रहे पनि पछिल्लो मतपरिणामअनुसार एमाले अघि आएको छ । एमालेका कुलराज गिरी ११६० मत प्राप्त गरेका छन्, भने माओवादी केन्द्रका चक्रबहादुर खड्काले ९८४ मत प्राप्त गरेका छन् । यो गाउँपालिकामा सयअघि कांग्रेसले जितेको थियो । 

जिल्लाका १० स्थानीय तहमध्ये नाै स्थानीय तहमा मतगणना कार्य जारी छ । तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गते मात्रै मतगणना हुनेछ ।