
धनुषामा कांग्रेसले अहिलेसम्म सबभन्दा बढी वडा जितेको छ। अहिलेसम्म विभिन्न पालिकाका नाैवटा वडाको मतपरिणाम सार्वजनिक हुँदासम्म कांग्रेसले पाँचवटा वडामा विजयी हात पार्न सफल भएको छ। माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी पार्टीले एक–एक वडा जितेका छन् भने एमालेले दुईवटा वडामा विजयी भएका छन्।
कांग्रेसले जनकपुरधाम उपमहनगरपालिकाको वडा नम्बर १ मा देवु यादव, २ मा शिवु साह विजयी भएका छन् ।
साहअघि पनि स्वतन्त्रबाट सोही वडाका वडाध्यक्षमा निर्वाचित भएका थिए। यो दोस्रो कार्यकालकf लागि उनी निर्वाचित भएका हुन्। बटेश्वर गाउँपालिकाको वडा १ मा नेपाली कांग्रेसकै अशोककुमार महतो र मिथिला नगरपालिकामा कांग्रेसकै वडाध्यक्ष पदका उम्मेदवार जोगी महतो र नगराइन नगरपालिका वडा १ मा कांग्रेसकै उम्मेदवार सीताराम महतो चुनाव जितेका छन्।
एमालेले लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ मा दिलीपकुमार यादव र २ मा एमालेकै उम्मेदवार लालजी यादव विजयी भएका छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार जनकनन्दनी गाउँपालिका वडा नम्बर १ मा विजयी भएका हुन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार सन्तोष गोइत विजयी भएका हुन्।
त्यसैगरी, माओवादी केन्द्रले कमला नगरपालिका वडा नम्बर १ मा जित हात पारेको छ। जसपाका उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार सर्वदेव यादव विजयी भएका हुन्। जसपाका उम्मेदवार रामदेव कापर धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ मा विजयी भएका हुन् ।