मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ३१ शनिबार २२:५८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

छ महानगरमध्ये पाँचमा गठबन्धन र एकमा स्वतन्त्रको अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ३१ शनिबार २२:५८:००

छमध्ये पाँच महानगरपालिकाका मेयरमा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार नागेश  कोइरालाले १०३८ मतसहित अग्रता कायम राखेका छन् । विराटनगरमा नेकपा एमालेका तर्फबाट सागरकुमार थापाले ७७४ मत ल्याएका छन् । वीरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले ४०७ मत ल्याउँदा  एमालेका उम्मेदवार विजयकुमार सरावगीले २९९ मत प्राप्त गरेका छन् । 
त्यसैगरी, भरतपुर महानगरमा गठबन्धनका तर्फबाट नेकपा माओवादीकी उम्मेदवार रेणु दाहालले ३२६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले २८१ मत ल्याएका छन् । 

ललितपुर महानगरमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ३२६ मत ल्याउँदा एमालेका हरिकृष्ण व्यन्जनकारले १४१ मत प्राप्त गरेका छन् । त्यसैगरी, पोखरा महानगरमा एमालेका कृष्ण थापाले ७४ मत ल्याउँदा गठबन्धनका तर्फबाट नेकपा(एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले ७६ मत प्राप्त गरेका छन् । 

काठमाडौं महानगरमा भने गठबन्धन तथा एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । शाहले ८४२ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ७२३ र कांग्रेसकी सिर्जना सिंहले ५०९ मत प्राप्त गरेकी छिन् ।