Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण थापा सर्लाही
२०७९ बैशाख ३१ शनिबार २२:३८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सर्लाहीको बलरा ११ मा माओवादी केन्द्रका वडाध्यक्ष विजयी

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ बैशाख ३१ शनिबार २२:३८:००

सर्लाहीको बलरा नगरपालिका–११ मा नेकपा(माओवादी केन्द्र)बाट वडाध्यक्षका उम्मेदवार बनेका सुखलाल सहनी विजयी भएका छन् । योसँगै सर्लाहीमा माओवादी केन्द्रले वडाध्यक्ष खाता खोलेको छ । नेकपा(माओवादी केन्द्र)बाट वडाध्यक्षको उम्मेदवार बनेका सहनी ५ सय १८ मतसहित विजयी भएका हुन् । सहनीका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार योगेश्वरप्रसाद सिंहले ३ सय २० मत मात्र प्राप्त गरे ।

यस्तै बलरा नगरपालिकामा ५ सय १७ मतसहित नेकपा(माओवादी केन्द्र) बाट मेयरका उम्मेदवार रामाशंकरप्रसाद कुशवाहले अग्रता कायम गरिरहेका छन् भने निवर्तमान मेयर एवं लोसपाबाट मेयरका उम्मेदवार अभयकुमार सिंह ३ सय २८ मतसहित दोस्रो र नेपाली कांग्रेसका कौशलकिशोर सिंह १ सय ११ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै उपप्रमुखमा माओवादीबाट उम्मेदवारी दिएकी कोशिला देवी ५ सय ८ मतसहित अग्रस्थानमा छिन् भने ३ सय १० मतसहित लोसपाकी रागनी देवी दोस्रो र नेपाली कांग्रेसकी किरण देवी १ सय २८ मतसहित तेस्रो स्थानमा छिन ।