मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Monday, 14 July, 2025
२o७९ बैशाख ३१ शनिबार २१:२२:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

तनहुँको व्यास–८ मा पुनः मतदान हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार २१:२२:oo

तनहुँको व्यास नगरपालिका– ८ का  दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । सो वडाको रिस्ती गाविस भवन फेदीका दुई मतदान केन्द्रमा ४ जेठमा पुनः मतदान हुने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले जानकारी दिए । ‘निर्वाचन आयोगको निर्णयअनुसार रिस्तीमा रहेका दुईवटा केन्द्रमा ३० वैशाखमा भएको मतदान कार्य रद्ध गरी फेरि मतदान गराउनु भन्ने निर्देशन आएकाले मतदान गराउन लागिएको हो,’ उनले भने ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवार दीपकराज जोशीमाथि कांग्रेस कार्यकर्ताबाट आक्रमण भएको थियो। आक्रमणबाट घाइते भएका जोशीको काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भैरहेको छ । पुनः निर्वाचन हुन लागेको मतदानस्थल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको वडा हो ।