१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:२४:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

उदयपुरका ६ पालिकामा कसको कहाँ अग्रता ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२४:oo

मतगणना भएका ६ वटा पालिकामध्ये तीनवटामा नेकपा एमालेका उम्मेदवारहरूले अग्रता लिएका छन्। सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरूले दिएको जानकारीअनुसार तीन पालिकामा एमाले र एक–एक पालिकामा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारहरूले अग्रता लिएको पालिकाका निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन् ।

उदयपुरगढीमा नेकपा एसको अग्रता
उदयपुरगढी गाउँपालिकामा वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ। निर्वाचन अधिृकत धनबहादुर कार्कीका अनुसार चार सय मतगणना गर्दा अध्यक्षमा एमालेका गोपाल खत्रीले एक सय ५२, गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले एकसय १७० मत पाएका छन्। मगरले २४ मतले अग्रता लिएका छन्। उपाध्यक्षमा एमालेकी शोभाकुमारी मगरले एकसय १५, गठबन्धनबाट नेपाली कांग्रेसका जितबहादुर खड्काले एक सय ६ मत पाएका छन् । 

ताप्लीमा एमालेको आग्रता
ताप्ली गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। ताप्ली गाउँपालिकाको वडा नम्वर १ को ८ सय मत गणना गर्दा एमालेका अध्यक्षका उम्मेदवार बाबुराम राईले तीन सय ७५ पाएका छन् । गठबन्धनबाट माओवादी केन्द्रका ढुंगराज विकले ९४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार माधव रास्कोटीले दुई सय १६ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी मानकुमारी थापाले एकसय ३१ मत पाएकी छिन्। यसैगरी, गठबन्धनबाट कांग्रेसकी धना मगरले चा सय ८ मत पाएकी छिन् । 

रौतामाईमा पनि एमालेको अग्रता
रौतामाई गाउँपालिकाको वडा नम्बर १ को दुई सय मत गन्दा एमालेका अध्यक्षका उम्मेदवार भरत थापाले ९७ मत पाएका छन्। यसैगरी, गठबन्धनबाट माओवादी केन्द्रका वीरेन्द्र मगरले ८२ मत पाएका छन्। यता उपाध्यक्षमा एमालेकी कुमारीज्यू ठकुरीले ९८ मत पाएकी छिन् भने गठबन्धनबाट कांग्रेसका भूपेन्द्रबहादुर थापाले ६४ मत पाएका छन् । 

चौदण्डीगढी नगरपालिकामा पनि एमालेको अग्रता
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ र २ को नौसय पाँच मत गन्दा एमालेका मेयरका उम्मेदवार कालु लामाले तीन सय ६० मत पाएका छन्। यसैगरी, कांग्रेसका खगेन्द्र राईले तीन सय १२ मत पाएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका नरेन्द्र राउतले एक सय १६ मत पाएका छन् । यता उपमेयरमा ६७ मत पाएकी छिन्। यता कांग्रेसकी तीन सय १२ मत पाएकी छिन्। एकीकृत समाजवादी र माओवादी केन्द्रकी हिरा थापाले ८६ मत पाएकी छिन्। 
 

बेलकामा कांग्रेसको अग्रता 
बेलका नगरपालिकाको वडा नम्बर १ को ६ सय मत गन्दा गठबन्धनका कांग्रेसका मेयरका उम्मेदवार अशोक कार्कीले अग्रता लिएका छन् । कार्कीले तीन सय ५६ मत पाएका छन्, भने एमालेका दुर्गाकुमार थापा स्वस्तिकले एक सय ३० मत पाएका छन्। यसैगरी, उपमेयरमा एमालेकी जिरा राईले एक सय ६० मत पाएकी छिन् भने गठबन्धनबाट माओवादी केन्द्रका मजोन तामाङले एक सय ८५ मत पाएका छन् । 
 

लिम्चुङबुङमा माओवादी केन्द्रको अग्रता
लिम्चुङबुङ गाउँपालिकामा वडा नम्बर ४ र ५ को जम्मा एक हजार ७७२ मत मतगणना भएको छ। जसमा गठबन्धनबाट माओवादी केन्द्रका मेजर कुमार राईले अध्यक्षमा ६ सय ९५ मत पाएका छन् । यसैगरी, एमालेका राजकुमार राईले अध्यक्षमै चार सय ५७ मत पाएका छन्। स्वतन्त्रबाट अध्यक्षमा होम किराँतीले चार सय ९१ मत पाएका छन्। यसैगरी, उपाध्यक्षमा एमालेकी देवकुमारी कार्कीले दुई सय ८७ मत पाएकी छिन्। यसैगरी, गठबन्धनबाट कांग्रेसका पुष्पलाल राईले आठ सय ६५ मत पाएका छन् । उपाध्यक्षमा स्वतन्त्रबाट रमिला राईले तीन सय ९८ मत पाएको निर्वाचन अधिकृत तुलराज सुनुवारले जानकारी दिए ।