१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख ३१ शनिबार १३:३८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रसुवाका तीन पालिकामा कांग्रेसको अग्रता

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार १३:३८:००

रसुवाको तीन पालिकामा नेपाली कांग्रसले सुरुवाती अग्रता लिएको छ। आमाछोदिङ्मो, नौकुण्ड र उत्तरगया गाउँपालिकामा कांग्रेस तथा कालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।

कालिका गाउँपालिकामा आठ सय मत गन्दा अध्यक्षमा चार सय २७ मतसहित माओवादी अगाडि छ भने एक सय ६२ मतसहित कांग्रेसले पछ्याइरहेको छ। उपाध्यक्षमा नेपाली कांग्रेसको २ सय ९६ र नेकपा एमालेको १ सय ६१ मत छ।

नौकुण्डमा अध्यक्षमा तीन सय ३० मतका साथ कांग्रेस पहिलो र १ सय २७ मतका साथ एमाले दोस्रो छ। उपाध्यक्षमा जनता समाजवादी पार्टीको २ सय १० र नेकपा एमालेको ७१ मत छ।
उत्तरगयाको अध्यक्षमा ४ सय ३३ मतका साथ कांग्रेस पहिलो, ३ सय ९५ मतका साथ एमाले दोस्रो छ। उपाध्यक्षमा कांग्रेसको ४ सय ३८ र एमालेको ४ सय १२ मत ल्याएको छ।

आमाछोदिङ्मो गाउँपालिकामा ३ सय ४९ मतसहित कांग्रेस पहिलो र २ सय ५८ मतका साथ एमालेका अध्यक्ष दोस्रो छन्। उपाध्यक्षमा २ सय ६४ मतका साथ माओवादी पहिलो र २ सय ३४ मतका साथ एमाले दोस्रो छ।