मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख ३१ शनिबार १०:१७:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

वीरगन्ज महानगरपालिकाको मतगणना ११ बजेदेखि सुरु हुने

Read Time : > 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार १०:१७:००

स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एक मात्र महानगरपालिकाका वीरगन्ज महानगरपालिकाको मतगणना आज बिहान ११ बजेदेखि सुरु गरिने भएको छ । वीरगन्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल सकिएकाे छ ।  

बिहान ९ बजे बसेको सर्वदलीय बैठकले ११ बजे बाट मतगणना सुरु हुने निर्णय गरेको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । आज बिहान ८ बजे बस्ने भनिएको बैठक ९ बजे बसेको र सर्वदलीय बैठकको निर्णय अनुसार ११ बजे मतगणना सुरु गरिने पौडेलले बताए । 

मतगणनाको तयारीका लागि उक्त विद्यालयको ‘सी’ ब्लकमा मतगणना कक्षमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको हो । जिल्लामा रहेका कुल १४ पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा कुल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । १४ पालिका रहेको जिल्लामा हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रोलिंगी गरी कुल तीन लाख ३९ हजार ८३६ जना मतदाता रहेका थिए ।  

जिल्लाको जिराभवानी र ठोरी गाउँपालिकाको मतगणना सुरु भएको छ । अन्य पालिका मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । जिल्लामा मधेस प्रदेशको एक मात्र महानगरपालिका, वीरगन्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १० गाउँपालिका रहेका छन् । अधिकांश पालिकामा सर्वपक्षीय छलफल भइरहेकाले तत्पश्चात् मतगणनाको काम अघि बढाइनेछ ।

मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको छ । विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कुल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा हाल एक लाख ४८ हजार २८३ जना महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६ तेस्रोलिंगी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका थिए ।