१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख ३१ शनिबार ०८:०९:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

छाङ्गर र तिंकरको मतपेटिका हेलिकोप्टरबाट ल्याइँदै

Read Time : > 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार ०८:०९:००

व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकोप्टर ल्याइँदैछ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छांगरु तिंकरको मत पेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छांगरु प्रस्थान गरेको हो । 

दुईवटा मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छांगरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

नेपालतर्फ बाटो नभएकाले हेलिकोप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । गत शनिबार छांगरु र तिंकरमा निर्वाचन सामग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्‍याइएको थियो ।  

साढे तीन सय मत खस्यो
व्याँस गाउँपालिका वडा नम्बर १ का दुई वटा मतदान केन्द्रमा साढे तीन सय बढि मत खसेको छ । मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा १३६ र कैलाशपति आधारभूत विद्यालय छांगरुमा २१० मत गरी कुल ३ सय ५५ मत खसेको हो ।

तिंकर मतदान केन्द्रमा ७३ जना पुरुष र ६३ जनाले महिलाले मतदानमा सहभागी भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए । यो मतदान केन्द्रमा एक घण्टाअघि नै मतदान सकिएको थियो । तिंकर मतदान केन्द्रमा कुल  १ सय ११ पुरुष र १ सय २० महिला गरी २ सय ३१ जना मतदाता रहेका थिए । 

कैलाशपति आधारभूत विद्यालय छाङ्गरुको मतदान केन्द्रमा १ सय १२ महिला र १ सय ७ पुरुष गरी २ सय १९ जनाले मतदान गरेका हुन् । यो मतदान केन्द्रमा १ सय ७७ पुरुष र १ सय ९९ महिला गरी कुल ३ सय ७५ मतदाता थिए । व्याँस गाउँपालिकाका ६ वटै वडामा ५ हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ ।