१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवामा २५ प्रतिशत मत खस्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:oo:oo

रसुवामा २५ प्रतिशत मत खसेको छ । बिहान साढे १० बजेसम्ममा २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात् दोस्रोपटक भएको स्थानीय तहको निर्वाचनमा आज (शुक्रबार) जिल्लामा उत्साहजनक रूपमा मतदान भइरहेकाे छ । 

जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो ।  मतदान गर्न बिहान ७ बजे अघिदेखि नै मतदाता लाइनमा बसेका थिए । मतदान केन्द्रहरूमा बिहानैदेखि घुइँचो लागेको थियाे । 

वृद्धवृद्धा, अशक्त, अपांगतालगायतका नागरिकको पनि उत्साहजनक रूपमा मतदानमा सहभागी भएका छन् ।  जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा दुई सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनमा नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

जिल्लामा पाँचवटा गाउँपालिका रहेका छन् । जसमा २७ वटा वडा रहेका छन् । जिल्लामा निर्वाचनका लागि एक सय ४५ पदका लागि चार सय ६७ जना प्रतिस्पर्धामा छन् । जसमा पाँचजना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुनेछ ।  जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार आठ सय ८५ महिला रहेका छन् । 


 

ad
ad