१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ बैशाख २२ शनिबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

चौरजहारीको मतगणनास्थलमा फलामको बार र सिसिक्यामेरा 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:३४:oo

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मतगणनास्थलमा फलामको बार लगाइएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर फलामको बारले मतगणना स्थललाई बारिएको छ । नगरपालिकाको नयाँ भवनको हलमा मतगणना गर्ने तयारी छ । 

मतगणनास्थललाई सुरक्षा दिइएको निर्वाचन अधिकृत द्रोणदत्त पौडेलले जानकारी दिए । कुनै पनि किसिमको जोखिम नहोस् भनेर मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए । मतगणनास्थलमा सिसिक्यामेरा जडान गर्नुका साथै फलामको बार लगाइएको उनले जानकारी दिए । 

मतगणनास्थलभित्र कोही पनि बाहिरको व्यक्ति छिर्न नसक्ने गरी व्यवस्था मिलाइएको उनले बताए । यसले मतगणनालाई सुरक्षित बनाउने उहाँको विश्वास छ ।

सबै मतगणनास्थलमा सिसिक्यामेरा 
जिल्लाका सबै मतगणनास्थलमा सिसिक्यामेरा जडान गरिएको छ । ६ वटै स्थानीय तहमा रहेका मतगणनास्थलमा सिसिक्यामेरा जडान गरिएको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सबै गणनास्थलमा सिसिक्यामेरासहित आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना गर्ने क्रममा मतपत्रमा कुनै पनि किसिमको क्षति नपुगोस् र शान्तिपूर्ण रूपमा मतगणना होस् भनेर सबै तयारी गरिएको सम्बन्धित स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन् । सिसिक्यामेराले सबैलाई सतर्क बनाउनुका साथै विद्युतीय अभिलेख राख्न मद्धत पुग्ने विश्वास गरिएको छ । 

मुसिकोट नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिमा हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि सोही ठाउँमा छ । आठबिसकोट नगरपालिकामा नगरपालिकाको भवन राडी र चौरजहारी नगरपालिकामा नगरपालिकाको नयाँ भवनमा मतगणना हुँदै छ । 

त्यस्तै, सानीभेरी गाउँपालिकामा गाउँपालिकाको सभाहल सिम्ली, त्रिवेणी गाउँपालिकामा गाउँपालिकाको सभा हल खारानेटा र बाँफिकोट गाउँपालिकाको मतगणना वडा नम्बर ४ को सहिद स्मृति भवनमा हुने बताइएको छ ।

ad
ad