१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २५ आइतबार १८:४१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मत संकेत गर्न नसक्ने मतदाताले सहयोगीमार्फत मतदान गर्न पाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २५ आइतबार १८:४१:००

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा मत संकेत गर्न नसक्ने मतदाताले सहयोगीमार्फत मतदान गर्न पाउने जनाएको छ । आयोगका अनुसार शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताले एकाघरको परिवारको सदस्यमार्फत मतदान गर्न पाउनेछन् । त्यसरी मतदान गर्नका लागि गोप्य स्थानमा गई एकाघरको परिवारको सदस्यले मतदान अधिकृतको रोहवरमा मतदाताले भनेबमोजिमको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । 

‘कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणवश आफैँ मत संकेत गर्न नसक्ने भई मत संकेत गर्ने काममा सहयोग पुर्याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको र सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको व्यहोरा स्पष्ट हुन सरोकारवालाहरूलाई आयोगले आग्रह गरेको छ’, आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।