१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
फाइल फाेटाे ।
२o८१ जेठ ५ शनिबार १४:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पराजित हुने डरले साम्प्रदायिक विवाद झिक्ने प्रयास हुँदै छ : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:२२:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा हार्ने डरले धर्मको विवाद झिक्ने दुष्प्रयास भइरहेको बताएका छन् । शनिबार जनकपुर उपमहानगरपालिका–१३ मा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

एमालेसँग सम्बन्धित मान्छेहरूले पराजित हुने डरले सामाजिक सद्भाव र एकता खलबल्याउने प्रयास गरिरहेको भन्दै उनले मतदातालाई सावधान रहन आग्रह गरे।

'तपाईंहरूको जित सुनिश्चित हुँदै जाँदा एकथरी मान्छेहरू यहाँ हिन्दु् र मुस्लिमको विवाद जन्माउने दुस्साहस र मूर्खता गर्दै छन्। तपाईंहरूले तिनीहरूलाई खबरदारी गर्नुपर्दछ,' प्रचण्डले भने, 'सामाजिक सद्भाव, जातीय सद्भाव र एकता खलबल्याउन खोज्ने ती सबै साम्प्रदायीक तत्व, मैले सुनेको छु, एमालेसँग सम्बन्धित मान्छेहरू निर्वाचनमा आफू पराजित हुने भएपछि हिन्दु–मुस्लिमका कुरा उठाउने षड्यन्त्र गर्दै छन्।'

ad
ad