Skip This
एक हजार व्यक्तिलाई रोजगारी दिने बागमती गाउँपालिका अध्यक्षका उम्मेदवारको वाचा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक हजार व्यक्तिलाई रोजगारी दिने बागमती गाउँपालिका अध्यक्षका उम्मेदवारको वाचा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १२:५o:oo

ललितपुरको बागमती गाउँपालिकाको अध्यक्षका लागि एमालेका उम्मेदवारले एक हजार युवालाई रोजगारी दिने वाचा गरेका छन्। कान्ति लोकपथसँगै जोडिएको यो गाउँपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदै छ ।

मतदातहरूसँग अन्तर्क्रिया गर्दै गाउँपालिका अध्यक्षका एमाले उम्मेदवार रमेश सञ्जेलले एक हजार युवालाई रोजगारी दिने वाचा गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ३ भट्टेडाँडाका आयोजित कार्यक्रममा सञ्जेलले भने, ‘हामी हरेक व्यक्तिलाई कामसँग जोड्छौँ। आगामी पाँच वर्षमा एक हजार युवालाई रोजगारीमा जोड्छौँ।’

गाउँपालिकाका युवालाई कृषि कर्ममा सक्रिय बनाउने योजना उनले सुनाए । ‘अहिले हाम्रो गाउँपालिकाबाट दैनिक ८ देखि ९ हजार लिटर दूध उपत्यकामा आउँछ। अबको पाँच वर्षमा यो संख्या हामी दोब्बर बनाउँछौँ,’ उनले भने ।

राजधानीसँगै जोडिएर पनि बागमती गाउँपालिका विकट मानिन्छ। ललितपुरको दक्षिणी भेगमा रहेको यो गाउँपालिकामा ०७४ को निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो । अहिले गाउँपालिका अध्यक्षमा गठबन्धनले कांग्रेसका वीरबहादुर लोप्चनलाई अघि सारेको छ।

एमाले उम्मेदवारले मतदातासँग उच्च शिक्षाका लागि काठमाडौं उपत्यका आउनुपर्ने अवस्थाको पनि अन्त्य गर्ने सञ्जेलको वाचा छ। ‘पढ्न र रोजगारीका लागि अझै पनि उपत्यका आउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीले जितेपछि यो अवस्था हटाउँछौँ । गाउँमै उच्च शिक्षा र पर्याप्त रोजगारीको व्यवस्था गर्छौँ ।’

गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने र उपत्यकाबाट आन्तरिक पर्यटक भित्र्याउने उनको योजना छ। आर्थिक सुशासनमा पारदर्शी हुने र जिल्लाको दक्षिणी क्षेत्रमा हुने ढुंगा, बालुवा उत्खननलाई व्यवस्थित बनाउने सञ्जेलले वाचा गरेका छन् ।

ad
ad