१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२८ वर्षपछि हुम्ला मासपुरवासीले पाए लालपुर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

हुम्लाको ताजाँकोट गाउँपालिका– ३ मासपुर गाउँका स्थानीयले २८ वर्षपछि लालपुर्जा पाएका छन्। ०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपुर्जा पाएका हुन्।

पञ्चायत कालदेखि साबिकको मैला गाउँ विकास समिति ७  नम्बर वडाको बँदेलचौरमा एक माना चामल र नुन जग्गाको तिरो तिर्दै आएका मासपुरवासीले २८ वर्षपछि भए पनि लालपुर्जा पाएकोमा स्थानीय  ९२ वर्षीय दलवीर बुढाले खुसी व्यक्त गरे।  मासपुर गाउँकै ८० वर्षीय मुङ्या रोकायाको लालपुर्जा पाउने आसमै गत वर्ष निधन भइसकेको छ।

मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपुर्जा लिन जग्गाधनी नै नआएको बताएको छ। ०५० फागुन १९ गते जिल्ला मालपोत कार्यालयमा दर्ता भएको मालपोत कार्यालय हुम्लाले जनाएको छ। अनुगमनका क्रममा ताजाँकोट गाउँपालिका जाँदा स्थानीयले लालपुर्जा नपाएको थाहा भएको थियो। तर, गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीय नआएका मालपोत कार्यालयले जनाएको छ।

१२ घरधुरीलाई गत वर्ष चैतमै लालपुर्जा दिइएको मालपोत कार्यालय हुम्लाले जनाएको छ। गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहवरमा मासपुरवासीलाई लालपुर्जा वितरण गरिएको कार्यालयले जनाएको छ। दुई घरधुरीले सुरुमै लालपुर्जा लिइसकेका भए पनि अन्यले हालसम्म लालपुर्जा पाएका थिएनन्।