मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २२ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २२ बिहीबार १६:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालको आरोप– केपी ओली बयलगाढा दर्शनका प्रवर्तक हुन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २२ बिहीबार १६:o३:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली बयलगाढा दर्शनका प्रवर्तक दार्शनिक भएको टिप्पणी गरेका छन्। पाँचदलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले ओलीले गफमा विधावारिधि गरेको आरोप लगाए। 

‘उनी झुटको खेती गर्न जान्दछन्। जोगिनुहोला, नत्र फुर्सदमा पछुताउनुपर्नेछ। विगतमा पनि जबसम्म हामी तीन पार्टी एकताबद्ध हुन सकेनौँ तबसम्म राजतन्त्र कायमै रह्यो। त्यसपछि अहिलेको अवस्थामा पनि गठबन्धन यस्तै परिस्थितिमा बन्यो,’ उनले भने, ‘एमाले कुहिसकेको फर्सी हो, काम छैन सुँघ्दा पनि असर गर्न सक्छ।’ 

गठबन्धन गर्दा सबै पार्टीलाई केही न केही फाइदा भएको उनले बताए। ‘गठबन्धन गर्दा र नगर्दाका विषयमा विश्लेषण गर्नुपर्छ। अझै पनि मिल्न नसकेका ठाउँमा मिलाउँ, मिलेका ठाउँमा सहमति पालना गरौँ। रेनु दाहाल विकासप्रेमी मेयर हुन् भनेर सबैले प्रशंशा गरिरहेकै छन्,’ नेपालले भने।