Skip This
स्थानीय तह निर्वाचन उदयपुर :  आचारसंहिता अनुगमन तीव्र, तोकिए मतदान अधिकृतहरू
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २२ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ बैशाख २२ बिहीबार o८:१९:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

स्थानीय तह निर्वाचन उदयपुर :  आचारसंहिता अनुगमन तीव्र, तोकिए मतदान अधिकृतहरू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २२ बिहीबार o८:१९:oo

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उदयपुरमा निर्वाचन आचारसंहिता अनुगमनलाई तीव्र पारिएको छ । पहिलो चरणमा मुख्य निर्वाचन अधिकृत दीपक खनालको नेतृत्वमा आठै स्थानीय तहमा अगुगमन गरिएको छ ।

अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृत खनालले लिम्चुङबुङ गाउँपालिका  निर्वाचन आचारसंहिता पालना गर्नेमा उत्कृष्ट रहेको बताए । खनालले भने, ‘आठै पालिकामध्ये लिम्चुङबुङमा निर्वाचन आचारसंहिता पालनामा उम्मेदवारहरूले नै जोड दिएको पाइएको छ ।’ चार नगरपालिका र तीन गाउँपालिकामा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी र गुनासा धेरैमा मात्रामा मौखिक रूपमा पनि आइरहेको र तत्काल कारबाही गर्ने गरेको खनालको भनाइ छ । 

निर्वाचन आचारसंहिता अनुगमन टोलीले गरेको अनुगमनका वेलाका नगरपालिका, कटारी, त्रियुगा, चौदण्डीगढी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई र ताप्ली गाउँपालिकामा निर्वाचन आचारसंहिताको अनुगमन गरेको थियो । मुख्य निर्वाचन अधिकृत खनालले भने, ‘उदयपुरका आठै स्थानीय तहमध्ये निर्वाचन आचारसंहिता पालना गर्ने लिम्चुङबुङ उत्कृष्ट रहेको पाएका छौँ ।’

अगुमगनका क्रममा राजनीतिक दल तथा उम्मेदवारसँग अन्तर्क्रिया गरी आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गर्दै आचारसंहिताविपरीत गतिविधि गर्ने केही उम्मेदवारलाई सचेत गराएको मुख्य निर्वाचन अधिकृत खनालले बताए । 

खनालले जिल्लामा निर्वाचन आचारसंहिता पालना गराउन मुख्य निर्वाचन कार्यालय लागिपरेको पनि बताएका छन् । ‘हामीले हामी नै स्वयं उपस्थित भएर पनि गरिरहेका छौँ,’ उनले भने, ‘उजुरीहरू सुन्ने, छड्के गर्ने काममा पनि गरिरहेका छौँ ।’

तोकिए मतदान अधिकृतहरू 
उदयपुरमा ९८ वटा मतदानस्थल र दुई सय ५८ वटा मतदान केन्द्र रहेका छन् । प्रत्येक मतदान केन्द्रहरूमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएको जिल्ला जिल्ला निर्वाचन कार्यालय गाईघाटले जनाएको छ । 

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको तालिम वैशाख २३, २४ र २५ गते राखिएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए । ‘तीन दिन लगातार तीन समूहमा विभाजन गरेर तालिमको आयोजना गरेका छौँ,’ उनले भने, ‘त्यसपछि निर्वाचनमा खटिने कर्मचारी तथा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरू कार्यक्षेत्रमा जानुहुन्छ ।’

उदयपुरको आठवटै पालिकामा स्थानीय तहको निर्वाचनका लागि पाँच सय १६ जना कर्मचारी खटाइने कार्यालयले जनाएको छ । उदयपुरमा दुई लाख २३ हजार एक सय ३८ मतदाताका लागि दुई लाख ४६ हजार मतपत्र आइपुगेको र मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको जिल्ला निर्वाचन अधिकारी कोइरालाले बताए ।