मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख १८ आइतबार
  • Thursday, 10 July, 2025
२o७९ बैशाख १८ आइतबार २१:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२२० केभी प्रसारणलाइन निर्माणमा अवरोध गर्ने चारजना प्रहरीको नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १८ आइतबार २१:४३:oo

लमजुङ प्रहरीले लमजुङमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रसारणलाइन निर्माणमा अवरोध गरेको भन्दै आइतबार ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले तार टाँगिरहेको समयमा डोरी काटेको र गाडी तोडफोड गरेपछि दोर्दी गाउँपालिका १ ढोकेबेँसीका पवित्रा थापा, राजेश थापा, सञ्जीव थापा र सन्तोष गिरीलाई नियन्त्रणमा लिएको हो ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले दोर्दी गाउँपालिका १, ढोकेबेँसीमा राष्ट्रिय प्रसारणलाइन निर्माण गर्ने क्रममा तार टाँग्दै गर्दा डोरी काटेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

डिएसपी कार्कीका अनुसार उनीहरूले प्रसारणलाइनको एउटा गाडीमा पनि तोडफोड गरेका छन् । पीडितहरूले २२० केभी प्रसारण लाइनमुनि आफ्नो घरजग्गा रहेको र प्रभावित भए पनि पीडितको सुनुवाइ नभएको भन्दै पीडितहरूले संघर्षका विभिन्न कार्यक्रमहरू गर्दै आएका थिए ।