१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वमन्त्री आलमको मुद्दा हेर्दाहेर्दैमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:५३:oo

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दाहेर्दैको सूचीमा राखेको छ। यसअघि हेर्दाहेर्दैमा राखिएको मुद्दामाथि शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको थियो।

सर्वोच्चले सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको जानकारी दिएको छ। आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्। उनको मुद्दामा पटकपटक पेसी तोकिए पनि सुनुवाइ भने सर्दै आएको छ।

ad
ad