मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विदेशीलाई नेपालीसरह हवाई भाडादर कायम गर्न आवश्यक : मन्त्री आले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४१:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरूले पनि नेपालीसरह हवाई भाडा भुक्तानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्। शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि, २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताएका हुन्।

नेपालीले विदेश जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै उनले नेपालमा पनि विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक रहेको बताए। नेपालका लागि इजरायलका राजदूत हनान गोदारसँगको भेटमा राजदूत गोदारले भाडा समान नभएको गुनासो गरेका उल्लेख गर्दै उनले यस्तो बताएका हुन्।

‘मैले उहाँ (हनान गोदर)लाई नेपाल ओपन फर टुरिस्ट भनेँ। यु प्लिज साइन फर टुरिस्ट टु आवर कन्ट्री नेपाल भन्दा मिनिस्टर हाउ इट विल वि पोसिबल यु आर पेइङ इन द एयरलाइन्स, यु पे वन्ली टु थाउजेन्ट, वि आर पेइङ एट थाउजेन्ट, भने उनले। कोभिडले थला परेको पर्यटन क्षेत्र दुई वर्षदेखि मारमा छ। त्यसैले नाउ इट इज नट पोसिबल भनेर मैले भनेँ। यसलाई हामीले गम्भीरतापूर्वक लिन जरुरी छ,’ मन्त्री आलेले भने।    

उनले आन्तरिक वायुसेवा कम्पनीहरूलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनका लागि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीलाई बारम्बार ताकेता गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले शौचालय र यात्रु बस्ने ठाउँको व्यवस्थापन गर्न विदेशी कम्पनीहरूलाई ल्याउने तयारी भइरहेको जानकारी दिए।