१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा बढे पर्यटक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१o:oo

गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ । गत १५ चैतमा गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि बिहीबार नेपालका लागि फ्रेन्च राजदूत जिलेज बोरबाओले अवलोकन भ्रमण गरेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । बोरबाओले ग्यालरी, नासलचोक, तस्बिर प्रदर्शनी कक्ष, गहना प्रदर्शनी कक्षलगायत मठ, मन्दिरको अवलोकन गरेका थिए । 

एक साताअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेकी थिइन् । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण टोलीमा आएका वाणिज्य तथा आपूर्तिमन्त्रीले पनि यस क्षेत्रको भ्रमण गरेसँगै धेरै विदेशी पर्यटकको लर्को यहाँ लाग्न थालेको छ ।

चैत महिनामा एक हजार ३६ विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका थिए । यसबाट कार्यालयले तीन लाख १० हजार आठ सय रुपैयाँ टिकट बिक्रीबाट शुल्क उठाएको जनाइएको छ । यस अवधिमा १२ हजार ६० जना स्वदेशीले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । हनुमानढोका दरबार क्षेत्रमा स्वदेशीका लागि ३०, विद्यार्थीका लागि १५ र विदेशीका लागि तीन सय रुपैयाँ शुल्क तोकिएको कार्यालयले जनाएको छ ।

ad
ad