१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ वैवाहमा मानसिंह नेपालीले आफ्नो खेतमा तारबार लगाउँदा भारतीय पक्षको दबाबपछि तारबार हटाइँदै ।
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १७ सोमबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाली किसानले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मीको अवरोध

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:o४:oo

कञ्चनपुरको दक्षिणी वैवाह सीमा क्षेत्रमा भारतीय पक्षका कारण विवाद उत्पन्न भएको छ । बेलडाँडी गाउँपालिका–३ वैवाहका नेपाली किसान मानसिंह नेपालीले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीय पक्षबाट अवरोध भएको हो । 

नेपाल–भारत सीमा पिलर ७८५ क्षेत्रमा पर्ने नेपाली किसानको जमिनमा तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो । बेलडाँडी गाउँपालिका–४ वैवाहका युवा दिलु शर्माले नेपाली किसानले आफ्नै जमिनमा वस्तुभाउबाट खेतीपाती जोगाउन तारबार लगाउँदा एसएसबीले अनावश्यक हस्तक्षेप गरेको बताए । 

बेलडाँडी गाउँपालिका–३ का वडाध्यक्ष दुर्गा चौधरीले सो जमिन वर्षौंदेखि नेपाली नागरिक मानसिंह नेपालीले उपभोग गर्दै आएको र अहिले तारबार लगाउने क्रममा भारतीय पक्षबाट हटाउन दबाब दिएपछि हटाएको बताए । ‘०७६ अघि मानसिंह नेपालीको खेतमा पिलर थिएन,’ वडाध्यक्ष चौधरीले भने, ‘यो पिलर पहिले नालापारि थियो, संयुक्त सर्भे टोलीले उनकै खेतमा गाडिदियो, अहिले खेतीपातीका लागि तारबार गर्दा भारतीय पक्षबाट अवरोध भएको छ ।’ यस विषयमा कञ्चनपुर प्रशासनसँग छलफल गरिने चौधरीले बताए ।

‘पहिलो दिन मोटरसाइकलमा दुईजना एसएसबी आएर यो अन्तर्राष्ट्रिय मामिला हो भन्दै फर्किए । दोस्रो दिन पनि एसएसबीसहित सशस्त्र प्रहरी आएर अन्तर्राष्ट्रिय मामिला भनेपछि उखेलिदिए,’ उनले भने । मानसिंह नेपालीले एकातिर वस्तुभाउको समस्या, अर्कातिर अन्तर्राष्ट्रिय सीमा भएकाले आफू मारमा परेको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको आदेशमा सशस्त्र प्रहरीले तारबार हटाएको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रहरी उपरीक्षक अमरबहादुर ऐरले सीमा पिलर नेपालतर्फ पर्ने गरी तारबार लगाएपछि भारतीय पक्षले हटाउन दबाब दिएको बताए । ‘त्यो जमिन पहिल्यैदेखि नेपाली किसानले कमाउँदै आएका रहेछन्,’ उनले भने, ‘सीमा क्षेत्रमा जहाँ जसले कमाई खाएका छन्, खान दिने हो, सीमा पिलरभित्र पार्ने गरी तारबार नै लगाएपछि भारतीय पक्षले हटाउन निरन्तर दबाब दिँदै आयो ।’ 

ad
ad