मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ६ मंगलबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ६ मंगलबार १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अपमानको विरुद्ध विद्रोह गरेर जन्मेका हौँ, अपमान सह्य हुँदैन : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ६ मंगलबार १५:४८:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन्। स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलार्ई लिएर जिल्ला–जिल्लामा अरूको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण व्यवहार गर्ने काम हुने गरेको रिपाेर्ट आएको भन्दै नेपालले सैह्य नहुने बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी)सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताए।

‘जिल्ला–जिल्लामा हामीले सुनिरहेका छौँ– कतिपय ठाउँमा सहमति गर्दै हुनुहुन्छ। कतिपय ठाउँमा गाह्रो छ। सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै अर्को शक्तिको अवमूल्यन गर्दै अनि अपमानपूर्ण ढंगले व्यवहार पनि गर्दै चल्नुभएको छ भन्ने रिपाेर्ट पनि आइरहेको छ। हामी अपमान सहनका लागि जन्मेका होइनौँ । अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ,’ अध्यक्ष नेपालले भने।