मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५८:oo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार चार सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बजारमा सुनचाँदीका आयातमा बैंकहरूले एलसी नखोलेपछि यसको प्रत्यक्ष प्रभाव देखिएको छ।

विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीले माग गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नाे सय ८५ डलर आसपास कारोबार भइरहेको छ। रासस