१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

यो वर्ष आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत : आगामी वर्ष ४ दशमलव ७ प्रतिशत

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३८:oo

कोभिड– १९ विरुद्धको खोप लगाउने दर उच्च भए पनि यो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ७ प्रतिशत मात्रै हुने प्रक्षेपण विश्वबैंकले गरेको छ । त्यस्तै, आगामी आर्थिक वृद्धि २०७९÷८० पनि मुलुकको आर्थिक वृद्धि ४ दशमलव १ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण छ । यसअघि गत जनवरीमा विश्व बैंकले मुलुकको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर, युक्रेनमा भएको युद्धको प्रभावका कारण यसअघि प्रक्षेपण गरिएभन्दा कम आर्थिक वृद्धि हुने बुधबार सार्वजनिक विश्व बैंकको प्रतिवेदन ‘साउथ एसिया इकोनोमिक फोकस’मा उल्लेख छ । 

युक्रेन युद्धका कारण नेपालको आर्थिक वृद्धि शून्य दशमलव २ देखि शून्य दशमलव ६ प्रतिशत बिन्दुले कम हुने आकलन विश्व बैंकले गरेको छ । नेपालको वार्षिक मूल्यवृद्धि ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यस आर्थिक वर्षमा समग्र दक्षिण एसियाकै आर्थिक वृद्धि पनि गत जनवरीमा प्रक्षेपण गरिएभन्दा एक प्रतिशत कम अर्थात् ६ दशमलव ६ प्रतिशत मात्रै हुने विश्व बैंकले जनाएको छ । ‘यसपालि दक्षिण एसियाली क्षेत्रमा केही उल्लेखनीय संकट आए, अफगानिस्थानमा मानवीय संकट आयो, श्रीलंकाले भुक्तानी सन्तुलनको संकट सामना गरिरहेको छ, नेपालमा पनि आन्तरिक रूपमा तरलता र बाह्य रूपमा भुक्तानी सन्तुलन दबाबमा छ,’ विश्वबैंकका दक्षिण एसिया हेर्ने प्रमुख अर्थशास्त्री हान्स टिमरले भने, ‘सबै मुलुकमा मूल्यवृद्धि उच्च छ, चालू खाता र वित्तीय घाटा तीव्र बनेको छ, यसले सबै अर्थतन्त्रलाई समस्या पारेको देखिन्छ ।’ 

चालू आवमा सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सरकारले राखेको छ । तर, केन्द्रीय तथ्यांक विभागले यसअघि नै ५ दशमलव ११ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । कात्तिक मसान्तसम्मको गतिविधि तथा आगामी दिनमा हुने आर्थिक क्रियाकलापका आधारमा विभागले यस्तो आकलन 
गरेको थियो । 

प्रतिवेदनले गत आर्थिक वर्ष ०७७/७८ मा मुलुकको आर्थिक वृद्धि १ दशमलव ८ प्रतिशत मात्रै भएको जनाएको छ । केन्द्रीय तथ्यांक विभागले भने गत वैशाखमा गत आवमा चार प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, हालसम्म पनि अघिल्लो आर्थिक वर्षको आर्थिक वृद्धिको अन्तिम तथ्यांक विभागले सार्वजनिक गरिसकेको छैन । 

अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा आर्थिक वृद्धिदर माइनस २ दशमलव १ प्रतिशतले खुम्चिएको थियो । कोभिड– १९ का कारण इतिहासमै सबैभन्दा कमजोर आर्थिक वृद्धि भएपछिको अर्को वर्ष ०७७/७८ मा पनि अर्थतन्त्र पुनरुत्थान हुन सकेन । चालू आर्थिक वर्षमा झन् तरलता र विदेशी मुद्राको संकटका कारण नियन्त्रणकारी कदम चालिएका कारण आर्थिक वृद्धिमा असर पर्ने देखिएको हो । 

‘विश्वव्यापी रूपमा सिर्जना भएका चुनौतीका कारण नेपालको आर्थिक पुनरुत्थानको गति सुस्त भएको छ र यो विस्तारै अघि बढ्दै छ,’ नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले भने, ‘नेपाल जलविद्युत् उत्पादनको विशाल सम्भावना र पर्यटनको पुनरुत्थानका कारण आर्थिक वृद्धिदरप्रति हामी सकारात्मक छौँ ।’ 

 उद्योग क्षेत्रको वृद्धि सबैभन्दा उच्च 
चालू आर्थिक वर्षमा उद्योग क्षेत्रको वृद्धि सबैभन्दा उच्च हुने प्रक्षेपण विश्व बैंकको छ । यस वर्षमा उद्योग क्षेत्रको वृद्धि ५ दशमलव १ प्रतिशत हुने पक्षेपण विश्व बैंकले गरेको हो । त्यस्तै, सेवा क्षेत्रको वृद्धिदर ४ दशमलव ७ र कृषि क्षेत्रको वृद्धिदर १ दशमलव ३ प्रतिशत हुने पनि विश्व बैंकको भनाइ छ । 

 यो वर्ष सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको
यो वर्ष अर्थात् सन् २०२२/२३ मा दक्षिण एसियाली क्षेत्रमा भारतले सबैभन्दा उच्च आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ । त्यस्तै, माल्दिभ्सले चालू आर्थिक वर्षमा ७ दशमलव ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ ।  त्यस्तै, बंगलादेशले ६ दशमलव ४, भुटानले ४ दशमलव ४, पाकिस्तानले ४ दशमलव ३, श्रीलंकाले २ दशमलव ४ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान विश्व बैंकको छ । 

ad
ad