१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चार महिनामा करिब  २१ हजार लालपुर्जा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३५:oo

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले पछिल्लो चार महिनामा करिब २१ हजार लालपुर्जा वितरण गरिएको बताएकी छिन् । माओवादी केन्द्र काठमाडौं महानगरपालिका– १३ को सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले यस्तो जानकारी दिएकी हुन् । 

मन्त्री श्रेष्ठले भूमिहीनलाई प्रक्रिया पुर्‍याएर छिट्टै जग्गा वितरण गरिने र अव्यवस्थित बसोवासलाई व्यवस्थापन गरिने बताइन् । मुलुकको समृद्धिका लागि कृषि उत्पादनको ठूलो महत्व रहेकाले कृषियोग्य जमिनलाई चक्लाबन्दी गरिने योजना रहेको उनको भनाइ थियो ।

पार्टीका महानगर इन्चार्ज एवं पूर्वराज्यमन्त्री दिलीप महर्जनले आफ्नो पार्टीको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएकाले जनपक्षीय नीति कार्यान्वयन गर्न अहिले माओवादी केन्द्रलाई जिताउन खाँचो रहेको बताए । 

ad
ad