१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्ष महिला उठाउने माओवादी केन्द्रको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:५९:oo

सत्तारुढ दल माओवादी केन्द्रले प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्ष महिला उठाउने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिपत्रमा भनिएको छ ‘स्थानीय तहमा महिलाको भूमिका सुनिश्चित गर्न विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्ष र प्रत्येक पालिकाअन्तर्गत कम्तीमा एउटा वडाध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड दिने ।’ 

सबै उम्मेदवारको सिफारिस आगामी ५ वैशाखभित्र गरिसक्न परिपत्रमा भनिएको छ । महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम प्रदेश समितिले सर्वसम्मत भए एक–एकजना र सर्वसम्मत नभए क्रमश तीनजनाको नाम केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ । अन्तिम निर्णय केन्द्रीय कार्यालयले गर्ने परिपत्रमा स्पष्ट खुलाइएको छ । 
यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको सिफारिस सम्बन्धित पालिका समितिले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिको सुझाबसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने भएको छ । प्रदेश समितिको निर्णयको अनुमोदन केन्द्रीय कार्यालयले गर्ने भएको छ।  

वडाध्यक्ष र सदस्यको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्ने भएको छ।

ad
ad