मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत २७ आइतबार
  • Thursday, 27 August, 2026
२o७८ चैत २७ आइतबार ११:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जुम्ला–रारा अल्ट्रा म्याराथनका च्याम्पियन दुर्ग र शारधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २७ आइतबार ११:५o:oo

जुम्ला–रारा तेस्रो अल्ट्रा म्याराथनको पुरुष र महिलातर्फका दुबै च्याम्पियन जुम्लाका धावक भएका छन्। म्याराथनको ४९ किलोमिटर दूरी पाँच घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुषतर्फ धावक दुर्गबहादुर बुढा प्रथम भएका छन् भने महिलातर्फ शारधा भण्डारीले ६ घण्टा ३४ मिनेट ४१ सकेण्डमा सो दूरी पार गरी च्याम्पियन भएकी छिन्।

पुरुषतर्फ दलबहादुर बुढा (पाँच घण्टा पाँच मिनेट ४८ सेकेण्ड) द्वितीय, बेदबहादुर शाही तृतीय र चन्द्र रावलसहित सातजनाले सान्त्वना स्थान हासिल गरेका आयोजक संस्था कर्णाली स्पोर्ट क्बलका अध्यक्ष सरोज शाहीले जानकारी दिए। उनका अनुसार महिलातर्फ द्वितीय गणना भण्डारीले ६ घण्टा ५९ मिनेटमा पार गरेकी थिइन्। मन्जु रावत तृतीय हुँदा उमाकली बुढासहित सातजना सान्त्वना भएका छन्।

कर्णालीको पर्यटन प्रर्बद्धन तथा उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा भारतका एकसहित नेपालका १० जिल्लाका ७७ धावकको सहभागीता थियो।

म्याराथनको उपाधी जित्नेलगायत टप १० भित्र पर्ने सबै खेलाडीलाई पर्यटकीय स्थल मुगुको रारा तालमा आइतबार विहान पुरस्कारसमेत वितरण गरिएको छ। पुरुषतर्फ प्रथम हुनेले नगद एक लाख २५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफि, द्वितीय हुनेले ६२ हजार ५ सय, तृतीय हुनेले ३७ हजार ५ सय र सान्त्वना हुनेहरुले ३ हजार पाँच सयका दरले पुरस्कार पाएका छन् ।