मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ चैत २७ आइतबार ०८:१६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राजविराजलाई मेयर कप  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ चैत २७ आइतबार ०८:१६:००

प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीको राजविराजले पाएको छ । विजेता राजविराजले नगद एक लाख एक हजार तथा ट्रफी हात पारेको छ । विराटनगरमा शनिबार सम्पन्न फाइनल खेलमा मधेस प्रदेशको राजधानीमा रहेको टिम जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै राजविराजले उपाधि जितेको हो । 

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर बनाएको थियो । ९८ रनको सामान्य अंकको लक्ष्य पाएको जनकपुरले पूरै २० ओभर खेल्दै ८७ रनमा सीमित भयो । फाइनल खेलको म्यान अफ दी म्याच राजविराजका अलरान्डर खेलाडी विवेक यादव भए । यस्तै, म्यान अफ दी सिरिज जनकपुरका हरिशंकर साह भए । उत्कृष्ट ब्याटर राजविराजका विकास दास र उत्कृष्ट बलर राजविराजकै अनिल यादव भए । 

प्रतियोगितामा प्रदेश १ को आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेस प्रदेशको वीरगन्ज महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र राजविराज नगरपालिका सहभागी भएका थिए ।